अमेरिकालाई झट्का, हुवावेले ६ सय कर्मचारीलाई जागिरबाट निकाल्यो

अमेरिकालाई झट्का, हुवावेले ६ सय कर्मचारीलाई जागिरबाट निकाल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई प्रतिबन्ध लगाएपछि हुवावेले अमेरिकास्थित आफ्नो कार्यालयबाट ६ सय कर्मचारीको कटौती गरेको छ ।

अमेरिकी प्रतिबन्ध र दवाव जारी भएका कारण हुवावेले आफ्नो अनुसन्धान कम्पनी फ्युचरवेबाट ६ सय कर्मचारी कटौती गर्न बाध्य भएको जनाएको छ ।

‘यस्तो निर्णय गर्दा सजिलो महशुस भएको छैन ।’ हुवावेले भनेको छ, ‘यद्यपी फ्युचरवेले अमेरिकी कानुन र नियमहरुको पालना गर्दै आफ्नो काम अगाडि बढाउने छ ।’

अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेको छ । हुवावेका सामाग्री चीनको जासुसीको माध्यम भएको अमेरिकी दाबी छ ।

हुवावेले अमेरिकी भनाइ अस्वीकार गर्दै आएको छ । हुवावेले यदी आफुलाई अमेरिका बाटै हटाइए पनि ठिक हुने बताएको छ । हुवावेले यस अगाडि नै अमेरिकालाई दवाव र प्रतिबन्ध जारी भए अमेरिकी नागरिकले जागिर गुमाउने चेतावनी दिएको थियो ।