रक्षा कारोबारबाट अमेरिका–भारत सम्बन्धमा मिठास

रक्षा कारोबारबाट अमेरिका–भारत सम्बन्धमा मिठास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको समयमा अमेरिका–भारतबीच हुने रक्षा कारोबारले दुई देशबीचको सम्बन्धमा थप मिठास आउने अमेरिकी विशेषज्ञले बताएका छन् ।

नयाँ दिल्लीमा नवौ भारत–अभेरिका रक्षा प्रविधि तथा कारोबारी पहलको बैठकमा रक्षा अधिग्रहण तथा क्षमताका लागि उपमन्त्री एलन एम लर्डले भनेका छन्,‘२००८ मा द्विपक्षिय रक्षा कारोबार करिब शून्य थियो । तर त्यतीबेलादेखि हालसम्मि करिब १२.९५ लाख करोड भारुसम्म पुग्ने अपेक्षा गरिएको थियो । गत वर्ष अक्टोबरमा पनि करिब यसैको हाराहारीमा आशा व्यक्त गरिएको थियो ।’

यसैगरी कार्नेगी एन्डाउमेन्ट इन्टरनेशनल पीसका वरिष्ठ फेलो एश्ले जे टेलिसले टाटा चेयर फर स्ट्राटेजिक अफेयर्सलाई सम्बोधन गर्दै भनेका छन्,‘भारत–अमेरिकाबीच बढेको रक्षा कारोबारले दु्वै देशबीचको सम्बन्ध अझै बलियो हुनेछ ।’

रक्षा खरिदका लागि भारत वर्षौदेखि रुसमाथि निर्भर रहदै आएको थियो । तर पछिल्लो समयमा भारतले अमेरिकी आपूर्तिकर्ताबाट हाईटेक रक्षा उपकरणको खरिद गर्न सुरु गरेको छ । टेलिसले विदेश मामिलाको एक पत्रिकामा लेखिएको लेखमा भनेका छन्, ‘भारतले ट्रम्पको माग अर्थात रुसबाट पूर्ण रुपमा हतियार खरिद रोक्नुपर्ने शर्त पुरा गर्न सक्दैन । अमेरिकाले आफ्नो उन्नत हतियारका लागि महत्वपूर्ण बजार बनाउन महत्वपूर्ण कदम उठाउनु पर्छ ।’

टेलिसले आफ्नो लेखमा भनेका छन्,‘भारत अमेरिकी पनडुब्बी तथा ट्यांक प्रतिरोधी हेलिकप्टर, उन्नत धर्तीबाट हावामा मार हान्ने मिसाइल, नौसेनाको बन्दुक, मानव रहित हवाई वाहन तथा लामो समयसम्म समुद्रमा गस्ती लगाउने विमान खरिदको आशा राख्न सक्छ । यस मध्ये केही सम्झौतामा ट्रम्पपको भ्रमणको समयमा घोषणा हुन सक्छ ।’

भारत आफ्नो रक्षा आवश्यकताका लागि केबल अमेरिकामाथि निर्भर हुन नसक्ने टेलिसले बताएका छन् । भारतले स्वतन्त्र रुपमा अन्य देशबाट समेत आफ्नो रक्षा उपकरण खरिद गरेको छ । उदाहरणका लागि फ्रान्सबाट लडाकु विमान, रुसबाट जमिनबाट हावामा मार हान्ने मिसाइल, इजरायलबाट मानव रहित हवाई वाहन र युरोपबाट राडर खरिद गरेको छ ।