अमेरिका–इरान तनावपछि सरकारको तयारी : नेपालीको उद्धार गर्न एक्टिभ टोली !

अमेरिका–इरान तनावपछि सरकारको तयारी : नेपालीको उद्धार गर्न एक्टिभ टोली !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले इरान र अमेरिकबीच तनाब बढ्दा मध्येपूर्वमा रहेका नेपाली श्रमिक समस्या परे पूरै सरकार लागेर उद्धार गर्ने बताएका छन् ।

मंगलबार श्रम मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम मन्त्री यादवले मध्येपूर्वको अवस्था बुझ्नका लागि परराष्ट्र सचिबस्तरीय टोली बनाएर पलपलको खबर लिइरहेको र कसरी उद्धार गर्ने भन्ने विषयमा पनि छिट्टै टुङ्गो लगाउने बताएका हुन् ।

‘केही भइहालेमा परराष्ट्र मन्त्रालयको अगुवाईमा श्रम, गृह र अन्य मन्त्रालयसमेतको सहभागितामा तत्काल रेस्क्यु गर्ने गरी हाम्रो सहमति बहेको छ,’ मन्त्री यादवले भने, ‘हामीले एउटा एक्टिभ टोली बनाउने र पलपलको खबर राख्ने गरी काम गर्ने तयारी गरेका छौं ।’

उनले खाडी क्षेत्रमा देखिएको क्राइसिसको अध्ययन र नेपाली कामदारहरूको सुरक्षा गर्ने विषयलाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताए ।

‘रेस्क्युका लागि योजना बनाउने र केही भइहालेको खण्डमा तत्काल एक्सनमा जानेछौं,’ मन्त्री यादवले भने ।

यस्तै, इराकको राजधानी बग्दादमा रहेको अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी श्रमिकलाई स्वदेश फर्काउन थालिएको छ । इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक श्रमिक राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन्  ।