अमेरिकी सेनाले खसाल्यो इरानको जासुसी ड्रोन

अमेरिकी सेनाले खसाल्यो इरानको जासुसी ड्रोन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी सेनाले स्ट्रेट अफ हर्मेज भनिने सामुन्द्रिक मार्गमा इरानी जासुसी ड्रोन खसालेको दाबी गरेको छ । उक्त ड्रोन अमेरिकी पानीजहाजको ठीक माथि उडिरहेको थियो। इरानले भने उक्त घटनाबारे अनभिज्ञता जनाएको छ। उसले भनेको छ, हाम्रो कुनै ड्रोन हराएको जानकारीमा छैन।

यसअघि इरानले तेल तस्करीमा संलग्न रहेको आशंकामा एक विदेशी ट्यांकर नियन्त्रणमा लिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, “उक्त ड्रोन हाम्रो पानीजहाजको धेरै नजिकबाट उडिरहेको थियो। हाम्रा लागि सुरक्षा चुनौती उत्पन्न भएपछि उक्त ड्रोन नष्ट गरिएको हो।’

उनले इरानले अमेरिकालाई उत्तेजित बनाउने कार्य गरिरहेको आरोपसमेत लगाए। ’उसले शत्रुतापूर्ण व्यवहार देखाइरहेको छ। त्यसो हो भने अमेरिकालाई पनि आफ्नो सेना र चासोको रक्षार्थ कारबाही चलाउने अधिकार छ।’