एजेन्सी – अमेरिकाका लागि वार्ता पुनः गर्ने वर्षान्तको सीमा नजिकिएको र उसले क्रिशमसको गिफ्ट के पाउने भन्ने विषय अमेरिकामै निर्भर भएको उत्तर कोरियाली विदेश मामिला उप मन्त्री री थे सोङलाई उद्र्धृत गर्दै उत्तर कोरियाली न्यूज एजेन्सी केसीएनए जनाएको छ ।
उत्तर कोरियाको परमाणु र मिसाइल कार्यक्रमलाई निसस्त्रीकरण गर्ने छलफलमा वासिङटन र प्योङयाङले थोरै मात्र प्रगती गरेका छन् । अमेरिक राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले फेब्रुअरीमा भियतनाममा भएको वार्ता सम्झौताबिनै अन्त्य गरेपछि यस्तो अवस्थाको सिर्जना भएको हो ।
“अमेरिकाले गरेको वार्ता केहीपनि होइन र उत्तर कोरियालाई वार्तामै राख्न र अमेरिकी चुनावमा राजनीति आफ्नो पक्षमा पार्नका लागि गरिएको चलाखीपूर्ण चाल मात्रै थियो,” रीले केसीएनएको बयानमा भनेका छन् । गत बिहीबार उत्तर कोरियाले छोटो दुरीको प्रोजेक्टाइल आफ्नो पूर्वी तटमा प्रहार गरेको थियो ।




प्रतिक्रिया