अमेरिकामा मुना पाण्डेलाई गाेली हानी हत्या गर्ने एक जना पक्राउ

अमेरिकामा मुना पाण्डेलाई गाेली हानी हत्या गर्ने एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकामा नेपाली युवती मुना पाण्डेलाई गाेली हानी हत्या आराेपमा एक जना पक्राउ परेका छन् ।

हस्टन प्रहरीले हत्या आरोपमा सन्दीग्ध एकजना पक्राउ गरेको हो ।

बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरिएकाे नेपयोर्क समाचार पाेर्टलले जनाएकाे छ ।

पक्राउ परेकाको पहिचान भने खुलाइएको छैन । स्थानीय समय अनुसार शनिबार राति ९:४८ मुनाको घरबाट बाहिरिँदै गरेका एक पुरुषको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको थियो ।

नेपालको भोजपुर घर भएकी उनको सोमबार साँझ टेक्सासको ह्युस्टनस्थित अपार्टमेन्टमा शव फेला परेको हो ।

ह्युस्टन प्रहरीका अनुसार उनको छातीमा गोली लागेको अवस्थामा फेला परेकी छिन् ।

घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले पाण्डेको शव फेला पारेको थियो। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए ।

हालसम्म कुनै संदिग्धको पहिचान हुन सकेको छैन र अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।