अमेरिकाद्धारा नेपालमाथि लगाएको यात्रा प्रतिबन्ध कायमै

अमेरिकाद्धारा नेपालमाथि लगाएको यात्रा प्रतिबन्ध कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाले नेपालमाथि लगाएको हवाई यात्रा प्रतिबन्धलाई कायम राखेको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले नयाँ सूचना जारी गर्दै नेपालसहित भारत, पाकिस्तान लगायतका मुलुकमा लगाइएको प्रतिबन्ध कायमै राखेको हो ।

कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सीडीसीले नेपालमाथि लेभल–४ को ट्राइभल एड्भाइजरी जारी गरेको हो ।

सीडीसीले यात्रा गर्न सकिने देशहरुको सूचीमा भने केहि परिवर्तन गरेको छ । जुलाइ २३ देखि जापानमा ओलम्पिक सुरु हुने भएकाले अमेरिकाले भ्रमण नीतिमा केही खुकुलो बनाएको हो ।