काठमाडौं – अमेरिकाले नेपाली सेनालाई कोरोना भाइरस महामारीको रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि साढे चार लाख डलर बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
बुधबार सैनिक मुख्यालय जंगी अड्डा पुगेर अमेरिकी राजदूत रेन्डी बेरीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि ‘राष्ट्रिय अभियान योजना २०७७’ को सफल कार्यान्वयनका लागि अमेरिकाले चार लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
स्वास्थ्य सामग्री बुझ्दै सेनापति थापाले अमेरिकी सहयोगप्रति धन्यवाद दिएका छन् ।




प्रतिक्रिया