अमेरिकाले फर्काएका ८ नेपालीलाई प्रहरीको जिम्मा लगाइयो, के भन्छ प्रहरी ? (नामावलीसहित)

अमेरिकाले फर्काएका ८ नेपालीलाई प्रहरीको जिम्मा लगाइयो, के भन्छ प्रहरी ? (नामावलीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकाले ८ नेपालीलाई अमेरिकी चार्टर जहाजबाट बुधबार काठमाडौं ल्याएर छाडिदिएको छ।डिपोर्ट भएर काठमाडौँ ल्याइएका नेपालीमा एक महिलासहित ८ जना रहेको पुष्टि भएको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

अध्यागमन प्रमुख तीर्थ भट्टराईले आठै जना नेपालीलाई प्रहरीको जिम्मा लगाइएको जानकारी दिए।

‘मानव बेचबिखन तथा ओसारपसारका पीडित हुन् कि’ भनेर सोधपुछका लागि उनीहरुलाई प्रहरीको जिम्मा लगाइएको भट्टराईले बताए ।

नव बेचबिखन तथा ओसारपसारका भिक्टिम हो कि भन्ने ढंगले सामान्य सोधपुछ गर्नका लागि बोलाएका नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

सामान्य सोधपुछपछि उनीहरूलाई छाडिने पनि एसपी कुँवरले बताए।

बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोर्ट्समाउथबाट आएको गल्फ स्ट्रिमको जिआरपी–२३ जहाज अमेरिकी चार्टर जहाज बिहान १० बजे काठमाडौ अवतरण गरेको थियो ।