अमेरिकामा कार्यरत नेपाली डाक्टर झाको निधन


काठमाण्डु – अमेरिकाको न्यूयोर्कमा कार्यरत एक नेपाली डाक्टरको निधन भएको छ ।

मधेशी एसोसिएसन इन अमेरिकाले एक विज्ञप्ति जारी गर्दै न्युयोर्कको रोचेस्टरस्थित रोचेस्टर जनरल अस्पतालमा कार्यरत ३३ वर्षीय डा. रोशन झाको शुक्रबार हृदयघातका कारण निधन भएको जानकारी दिएको छ ।

श्रीमती श्वेता ठाकुरसहित अमेरिका बस्दै आएका धनुषाको देवपुरा, रुपेठा घर भएका डा. झा सन् २०१८ देखि उक्त अस्पतालमा कार्यरत रहेका थिए । शुक्रबार बिहान बिरामीको चेकजाँच गरेका उनलाई दिउँसो अचानक हृदयघात भएको र त्यसलगत्तै निधन भएको बताइएको छ ।

रेजिडेन्ट कोर्सका लागि अमेरिका गएका डा. झाले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र एमडी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement