अमेरिकाको न्यूयोर्कमा दुई नेपालीको मृत्यु

अमेरिकाको न्यूयोर्कमा दुई नेपालीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क- अमेरिकामा दुई नेपालीको मृत्यु भउको छ । अमेरिकाको न्यूयोर्कमा मुस्ताङ घर भई न्युयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन विष्टको मृत्यु भएको हो ।

सोनाम अन्दाजी ४० बर्षका रहेका थिए। उनको आफ्नै कोठा भित्रै मृत्यु भएको जनाइएको छ। ज्याक्सन हाईटमा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी भएर घरमा आरम गरिरहेका थिए। फोन सम्पर्क गर्दा सम्पर्क नभएपछि उनी बसेको स्थानमा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएका बताइएको छ। उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ।

उनको शव प्रहरीले लगेर गएको छ। उनका आफन्तहरु अमेरिकामा छैनन्।त्यस्तै झण्डै १२ बर्षदेखि अमेरिकामा बस्दै आएका थोंग्वेनको पनि ज्याक्सनहाइटमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो।