प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र जो बाइडेनबीच मंगलबार साँझ भेट भएको हो ।

विभिन्न देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजका अवसरमा उनीहरूबीच संक्षिप्त भेट भएको नेपाली स्थायी नियोगले जनाएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् ।