अमेरिका र चीन सम्बन्ध बिग्रदै,चिनियां अधिकारीमाथी भिषा प्रतिबन्ध लगाउने घोषणा

अमेरिका र चीन सम्बन्ध बिग्रदै,चिनियां अधिकारीमाथी भिषा प्रतिबन्ध लगाउने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका र चीनको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ । कोरोना भाइरस र भारतसंगको सैन्य झड्पलाई लिएर अमेरिका,अष्ट्रेलिया, जापान र युरोपियन मुलुकहरु चीनको विरोधमा उत्रिएका छन् । अमेरिकाले फेरी हङकङलाई लिएर चीनमाथी दबाव बढाएको छ ।

चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानून ल्याएपछि अन्र्तराष्ट्रिय रुपमा प्रश्न उठिरहेको छ । अमेरिकाले त्यसको लागी सत्तारुढ चिनियां कम्युनिष्ट पार्टीलाई जिम्मेवार ठान्दै त्यसका अधिकारीलाई भिषा प्रतिवन्ध लगाउने घोषणा गरेका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पम्पिओले शुक्रवार राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिष्ट पार्टी अफ चाइनाका अधिकारिलाई सजाय दिने प्रतिवद्धता जनाएको भन्दै त्यो लागु गर्ने निर्णय भएको जानकारी दिए । उनले हङकङको स्वतन्त्रताको हनन गर्ने अधिकार कसैसंग नभएको चेतवानी दिएका थिए ।

पम्पिओले भने ‘आज हामी यही कदम उठाइरहेका छौं, सीसीपीका ती अधिकारीहरुलाई अव अमेरिकाले भिषा दिदैन्, जो हङकङको स्वायतत्ता र मानवअधिकारलाई खतम गर्नको लागी जिम्मेवार छन् ।’

यस्तै संयुक्त राष्ट्र मानवअधिकार आयोग (युएनएनआरसी) हङकङमा चीनको भुमिकालाई लिएर चिन्ता व्यक्त गरेको थियो । आयोगले हङकङमा भइरहेको प्रदर्शन दबाउने र उत्पीडनको आरोपबारे चीनमाथी प्रश्न उठाएको छ ।

संयुक्त राष्ट्र मानवअधिकार आयोग उच्चायुक्तको कार्यालयले अधिकारीक बयान जारी गर्दै भनेको छ ‘संयुक्त राष्ट्रका स्वतन्त्र विज्ञले चीनसंग लगातार सम्र्पक गरेको छ । चीनले त्यहांको स्वतन्त्रतालाई दबाएको घटनालाई लिएर हामीले चिन्ता व्यक्त गरेका छौं ।’