अमेरिकी प्रतिवेदन भन्छ- चीन अझैपनि भारतको ‘मुख्य प्रतिद्वन्द्वी’

अमेरिकी प्रतिवेदन भन्छ- चीन अझैपनि भारतको ‘मुख्य प्रतिद्वन्द्वी’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पश्चिमी सीमामा हालैको द्वन्द्वका बाबजुद चीन अझैपनि भारतको मुख्य प्रतिद्वन्द्वी रहेको र पाकिस्तान सहायक सुरक्षा समस्याको रूपमा मात्र रहेको एक अमेरिकी प्रतिवेदनले खुलासा गरेको छ ।

अमेरिकी रक्षा गुप्तचर एजेन्सी (डीआईए) को पछिल्लो प्रतिवेदन अनुसार पाकिस्तानले भारतलाई अस्तित्वमै खतराका रूपमा लिएको र भारतको परम्परागत सैन्य अग्रतालाई कमजोर पार्न युद्धमैदानका लागि आणविक हतियार विकाससहित सैन्य आधुनिकीकरण जारी राख्नेछ ।

भारतको कश्मीरको पहलगाममा हालै भएको नरसंहार र त्यसपछिको भारत-पाकिस्तान द्वन्द्वलाई समेट्दै सो प्रतिवेदन तयार पारिएको हो ।

यसले जम्मु-कश्मीरमा अप्रिल महिनामा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानमा आतंकवादसँग सम्बन्धित पूर्वाधारहरूमा क्षेप्यास्त्र हमला गरेको थियो । ‘मे ७ देखि १० सम्म दुवै पक्षबाट क्षेप्यास्त्र, ड्रोन, विस्फोटक पदार्थहरूबाट आक्रमणहरू भए । मे १० सम्म आइपुग्दा दुवै पक्षका सेनाले पूर्ण युद्धविराममा सहमति पनि जनाएको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदन अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रक्षा प्राथमिकता सम्भवतः विश्व नेतृत्व प्रदर्शन गर्ने, चीनको प्रतिरोध गर्ने र भारतको सैन्य शक्ति बढाउनेतर्फ केन्द्रित छ । भारतले यसवर्ष पनि आपूर्ति शृङ्खला सम्बन्धी चिन्तालाई कम गर्न आफ्नो घरेलु रक्षा उद्योग विकासका लागि ‘मेड इन इंडिया’ अभियानलाई निरन्तर प्रवद्र्धन गर्ने निश्चितप्रायः देखिन्छ ।

प्रतिवेदन हालै अमेरिकी प्रतिनिधिसभामा प्रस्तुत गरिएको हो, जतिबेला भारतीय सेना प्रमुख जनरल अनिल चौहानले उत्तरी र पश्चिमी सैन्य कमाण्डको निरीक्षण भ्रमण गरेका थिए । त्यहाँ कमाण्डरहरूले पश्चिमी सीमाका तयारीबारे विस्तृत जानकारी दिएका थिए ।

चीन सम्बन्धी खतराबारे प्रतिवेदनमा भनिएको छ, ‘अक्टोबर २०२४ मा भएको फौजी फिर्तीले सीमाको स्पष्ट निर्धारणसम्बन्धी पुरानो विवाद समाधान गरेन तर २०२० मा वास्तविक नियन्त्रण रेखामा दुवैतर्फका सैनिकहरूको मृत्यु भएको झडपपछि बाँकी तनाव केही हदसम्म कम भएको छ ।’

यस्तै चीनको प्रभावलाई प्रतिसन्तुलन गर्न र आफ्नो विश्व नेतृत्व भूमिका सुदृढ गर्न भारतले हिन्द महासागर क्षेत्रमा द्विपक्षीय रक्षा सहकार्यलाई प्राथमिकता दिइरहेको पनि प्रतिवेदनमा जनाइएको छ । जसमा सैन्य अभ्यास, तालिम, हतियार बिक्री र सूचना आदानप्रदान सामेल छन् ।

भारतले इन्डो-प्यासिफिक क्षेत्रमा त्रिपक्षीय सहकार्य पनि बढाएको प्रतिवेदनले थप उल्लेख गरेका भारतको डेकन हेराल्ड पत्रिकाले उल्लेख गरेको छ ।