अमेरिकाको रोचेस्टर सहरका प्रहरी प्रमुख र सहायक प्रमुखले किन दिए राजीनामा ?

अमेरिकाको रोचेस्टर सहरका प्रहरी प्रमुख र सहायक प्रमुखले किन दिए राजीनामा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाको न्यूयोर्कमा एक जना अश्वेत मानिसको गिरफ्तारीका क्रममा भएको मृत्युको घटनापछि न्यूयोर्क प्रहरीको नेतृत्व तहमा रहेका रोचेस्टर सहरका प्रहरी प्रमुख र सहायक प्रमुखले राजीनामा दिएका छन्।

प्रहरीको गिरफ्तारीका क्रममा भएको मृत्युपछि प्रदर्शनहरू भइरहेका बेला रोचेस्टर सहरका प्रहरी प्रमुख र सहायक प्रमुखले राजीनामाको घोषणा गरेको उक्त सहरकी मेयर लभ्ली वारेनले सहर परिषद्को बैठकलाई बताएकी हुन्।

गत मार्च महिनामा एकजना अश्वेत व्यक्ति ड्यानियल प्रुडको प्रहरी हिरासतका क्रममा मृत्यु भएको खुलासा गत साता भएपछि रोचेस्टर सहरका प्रहरीले उक्त घटना लुकाउन खोजेको भन्दै चर्को आलोचना भएको थियो।

प्रुडको पक्राउमा संलग्न सातजना प्रहरी अधिकारीहरूलाई निलम्बन समेत गरिएको छ। ४१ वर्षीय प्रुडलाई प्रहरीले पक्राउ गर्दा उनी चरम मानसिक स्वास्थ्य समस्यामा रहेको बताइएको छ।

लुगा नलगाइ बाटोमा दौडिरहेको अवस्थामा प्रुडलाई प्रहरीले नियन्त्रणमा लिएको थियो र टाउकोदेखि घाँटीसम्म छोप्ने ’स्पीट हूड’ लगाइदिएको थियो।उक्त घटनाको भिडिओ दृष्य हालसालै मात्रै देखा परेपछि प्रदर्शनहरू चर्को रूपमा हुन थालेका छन्।

अमेरिकाकै अर्को राज्य मिनेसोटामा प्रहरी हिरासतमै रहेका बेला जोर्ज फ्लोइडको मृत्यु भएको घटनाले देशभर जातिवादविरोधी प्रदर्शनहरू चर्काएको तीन महिनापछि फेरि प्रहरीको व्यवहारलाई लिएर प्रदर्शनहरू भइरहेका छन्।