रुसलाई अमेरिकाको जवाफः मान्छे त के बाँदरमा पनि तिम्रो खोप प्रयोग गर्दैनौं

रुसलाई अमेरिकाको जवाफः मान्छे त के बाँदरमा पनि तिम्रो खोप प्रयोग गर्दैनौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – रुसले अमेरिकालाई कोरोना भाइरसविरुद्धको भ्याक्सिनमा सहयोग गर्न आग्रह गरेको छ । रुसको उक्त प्रस्ताव अमेरिकाले ठाडै अस्वीकार गरेको छ ।

‘अमेरिकीहरुमा रसियामाथि अविश्वास छ । हामी विश्वास गर्छौं कि खोप, परीक्षण र उपचारलगायत टेक्नोलोजी अमेरिकामा यस अविश्वासको कारण अपनाईदैछन’, एक वरिष्ठ वरिष्ठ अधिकारीले सीएनएनलाई भने ।

ह्वाइट हाउसका प्रेस सचिव कायले म्याकेनीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ रूसी खोपको बारेमा जानकारी गराइएको बताए ।

उनले भने, ‘अमेरिकी खोपहरू कठोर चरणको परीक्षण र उच्च स्तरबाट मात्र प्रयोगमा आउँछ ।’

रुसको प्रस्तावविरुद्ध अमेरिकाले उक्त भ्याक्सिन मान्छे त के बाँदरमा पनि प्रयोग नगर्ने जवाफ दिएको छ ।

एक अमेरिकी स्वास्थ्य अधिकारीले भने, ‘अमेरिकाले कुनै हालतमा रुसी भ्याक्सिन प्रयोग गर्दैन । मान्छे त के बाँदरमा तिम्रो यो खोप प्रयोग गर्दैनौं ।’