नागरिक अधिकारका लागि ‘सिंह’ मानिने अमेरिकी सांसद लेविसको निधन

नागरिक अधिकारका लागि ‘सिंह’ मानिने अमेरिकी सांसद लेविसको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकामा नागरिक अधिकारका लागि सिंह मानिने सांसद जोन लेविसको निधन भएको छ ।

नागरिक अधिकारको लडाईका लागि अमेरिकामा अनुकरणीय, प्रशंसनीय र उच्च आदरणीय व्यक्तिको रुपमा चिनिने लेविसको ८० बर्षको उमेरमा निधन भएको हो ।

उनको गत शुक्रबार निधन भएको अमेरिकाका सभामुख नान्सी पेलोसीले पुष्टि गरेका हुन् ।

सभामुख पेलोसीले स्वर्गीय लेविसलाई नागरिक अधिकारका लागि लडेको असाधारण व्यक्तिको रुपमा स्मरण गरेकी छन् ।

उनीप्रति समवेदना व्यक्त गर्दै सभामुख पेलोसीले उनलाई राष्ट्रले सधैँ सम्झिरहने र आदर गरिरहने पनि विश्वास व्यक्त गरेकी छन् ।

शुक्रबार राति उनले शोक वक्तव्य जारी गर्दै आफ्नो अति नै आदरणीय र प्रिय व्यक्तिलाई गुमाउनु पर्दा दुःख लागेको उल्लेख गरेकी छन् ।

लेविसलार्ई गत सन् २०१९ को डिसेम्बर महिनामा पाचन ग्रन्थीमा क्यान्सर भएको पत्ता लागेको थियो । उनको उपचारकै क्रममा निधन भएको हो ।

उनको सन् १९४० मा अलाबामा भन्ने ठाउँमा सामान्य किसान परिवारमा जन्म भएको थियो ।