अमेरिकाको एक स्कूलमा विद्यार्थीद्धारा आफ्नै साथीमाथि गोली प्रहार, दुई विद्यार्थीको मृत्यु


एजेन्सी – अमेरिकाको एक विद्यालयमा एक विद्यार्थीले अन्धाधुन्ध गोली प्रहार गर्दा र्दुई जनाको मृत्यु भएको छ । दक्षिण क्यालिफोर्नियास्थित उच्च माध्यामिक विद्यालयमा नथानेल बेर्हो नामका विद्यार्थीले आफ्ना ५ साथीमाथि गोली चलाएका हुन् ।

गोली प्रहारबाट १६ वर्षकी एक किशोरी र १४ वर्षीय एक किशोरको मृत्यु भएको छ भने बाँकी तीन जना गम्भीर घाइते भएका छन् । आफ्नो जन्मदिनको दिन बेर्होले कम्मरमा पेस्तोलa बोकेर विद्यालय गएको र १६ सेकेन्डभित्रमा पाँच जना साथीमाथि गोली चलाएको प्रहरीले जनाएको छ ।

साथीमाथि गोली चलाएपछि उनले आफूमाथि पनि गोली चलाएका थिए । बिहान कक्षा सुरु हुनुभन्दा अघि नै उनले गोली चलाएको र गोली चलेको थाहा पाउनासाथ अधिकांश विद्यार्थीहरु भागेको अधिकारीहरुले जनाएका छन् । प्रहरीले घटनामा कुनै आतंकवादी संगठनको हात नरहेको अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement