अमेरिकाद्वारा ताइवानलाई नयाँ हतियार उपलब्ध गराउने घोषणा

अमेरिकाद्वारा ताइवानलाई नयाँ हतियार उपलब्ध गराउने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – बेइजिङसँग बढ्दो तनावबीच टापुको प्रतिरक्षालाई बढावा दिन संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई १.१ अर्ब डलरको नयाँ हतियार प्याकेज सहयोगको घोषणा गरेको छ ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको एक महिनापछि अमेरिकाले उक्त टापुलाई हतियार प्याकेज घोषणा गरेको हो ।

उक्त सहयोग ताइवानको सुरक्षाका लागि अपरिहार्य भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । ‘हामी बेइजिङलाई ताइवानविरुद्धको सैन्य, कूटनीतिक र आर्थिक दबाब बन्द गर्न र ताइवानसँग अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं,’ प्रवक्ताले भने ।