अमेरिका–तालिबान सम्झौताः अफगान राष्ट्रपतिद्वारा ५ हजार तालिबानी कैदि रिहाई गर्न अस्वीकार

अमेरिका–तालिबान सम्झौताः अफगान राष्ट्रपतिद्वारा ५ हजार तालिबानी कैदि रिहाई गर्न अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले इन्ट्रा–अफगान वार्ता सुरु गर्नका लागि काबुल ५००० तालिबान कैदिलाई रिहा गर्ने बाचा गर्न नसक्ने बताएका छन् ।

राष्ट्रपति अशरफ घानीको यो भनाईपछि अमेरिका–तालिबानबीच लामो समयदेखि शान्ति सम्झौताको प्रयास व्यर्थमा गएको छ । शनिबारनै अमेरिका र तालिबानले कतारमा शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । यसलाई १० मार्चमा हुने वार्ताको सुरुवात मानिएको थियो ।

यो वार्ताका लागि ५००० कैदीलाई रिहा गर्नुपर्ने माग तालिबानको रहँदै आएको छ । यसको बदलामा अमेरिकाले १४ महिनामा आफ्नो सेना अफगानिस्तानबाट फिर्ता गर्ने बताएको थियो ।

यद्यपि घानीले कुनै पनि कैदीको रिहाई आफ्नो सरकारद्वारा लिइने निर्णय भएको र यो वार्ता सुरु हुनु भन्दा पहिले कैदी रिहाइका लागि तयार नभएको बताएका थिए । घानीले भने, “कैदीको रिहाइका लागि अमेरिकाले अनुरोध गरेको थियो र यो वार्ताको हिस्सा हुन सक्छ । तर, यो पहिलेको शर्त हुन सक्दैन ।”

उनले भने, “हामीले ५००० कैदीको विषयलाई लिएर कुनै प्रतिबद्धता गरेका छैनौं । यस बारेमा कुनै पनि फैसला गर्ने अधिकार अफगानिस्तानको हो ।”

यसैबीच विदेश मन्त्री माइक पोम्पियोसँगै अमेरिकाको यात्रा गरिरहेका अमेरिकी अधिकारीले बयानमा सम्झौतामा ५००० सम्म कैदी रिहा गर्ने शर्त भएको ठोकुवा गरेका छन् ।

गत शनिबार कतारमा अमेरिका र तालिबानबीच सम्झौतामा हस्ताक्षर भएको थियो । यसमा आगामी १४ महिनामा विदेशी सेनाले अफगानिस्तान छोड्ने उल्लेख छ । यसमा तालिबाले अपगानिस्तानको भूमि कुनै पनि देशको बिरुद्धमा प्रयोग गर्न नदिने समेत उल्लेख छ ।