अन्तरिम सरकारसँग सहकार्य गर्न तयार छौँ : अमेरिका

अन्तरिम सरकारसँग सहकार्य गर्न तयार छौँ : अमेरिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाले नेपालमा अन्तरिम सरकार गठनको स्वागत गरेको छ । काठमाण्डुस्थित अमेरिकी दूतावासले आइतबार विज्ञप्ति जारी गरी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका निम्ति राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताको प्रशंसा गरेको छ ।

‘यद्यपि, यो दुःखद समयमा हामी नेपालसँग शोकमा साथमै छौँ,’ विज्ञप्तिमा अमेरिकाले भनेको छ, ‘हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौँ ।’

अन्तरिम सरकारले नयाँ निर्वाचनको प्रक्रिया अघि बढाउने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेको पनि दूतावासले जनाएको छ । ‘अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौँ,’ दूतावासले भनेको छ ।

अमेरिकाले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएको र जेनजी युवा आन्दोलनको क्रममा भएका दुस्खद घटनापछि शान्तिपूर्ण समाधान निस्किएको भन्दै स्वागत गरेको छ ।