अमेरिकाले ७७ वस्तुको उत्पादन बढाउन सहयोग गर्ने

अमेरिकाले ७७ वस्तुको उत्पादन बढाउन सहयोग गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ वटा वस्तुको उत्पादन बढाउनका लागि प्राविधक सहयोग गर्ने भएको छ।

भन्सार छुट दिएका वस्तुको उत्पादन बढाउनका लागि लगानी वृद्धि गर्ने तालिम उपलब्ध गराउने लगायतका प्राविधिक सहयोग गर्न अमेरिका सकारात्मक भएको हो। अमेरिकाको वाशिंटन डिसीमा हालै सम्पन्न भएको नेपाल अमेरिका ट्रेड एण्ड इन्भेष्मेन्ट फ्रेमवर्कको चौथो बैठकमा अमेरिकाले भन्सार छुट दिएका वस्तुको उत्पादन बढाउनका लागि प्राविधीक सहयोग गर्न तयार भएको छ।

सन् २०१५ देखि अमेरिकाले विभिन्न ७७ वटा वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुले भन्सार छुट दिएका ७७ वस्तुको उत्पादन बढाउनका लागि प्राविधिक सहयोग गर्न अमेरिका सकारात्मक भएको बताए। यो खबर कारोबार दैनिकमा छ ।