अमेरिकामा पनि जनता कफ्र्यू, उपराष्ट्रपतिको रिपोर्ट नेगेटिभ

अमेरिकामा पनि जनता कफ्र्यू, उपराष्ट्रपतिको रिपोर्ट नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङटन – भारत पछि अमेरिकामा पनि जनता कफ्र्यूका लागि आह्वान गरिएको छ । धेरैजसो घरभित्रै बस्नका लागि आग्रह गरिएको छ । ह्वाइट हाउसले ट्वीटमा भनेको छ,“घरमै बस्नु र ज्यान जोगाउनु ।

यो साझा राष्ट्रिय त्यागको समय हो । यसका साथै सर्वाधिक आवश्यकताको विषय के हो भन्ने विषयमा पनि ध्यानु अहिलेको आवश्यकता हो ।”
यसैबीच अमेरिकाका उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नीले पनि कोरोनाको परीक्षण गराएका छन् ।

उनीहरुको परीक्षण नेगेटिभ आएको छ । उप राष्ट्रपतिका प्रेस सेक्रेटरी मिलरले भनेका छन्,“मलाई यो भन्दा खुसी लागेको छ कि माइक पेन्स र उनकी पत्नी करेन पेन्सको कोरोना परीक्षण नेगेटिभ आएको छ ।

शनिबार माइक पेन्सको कार्यालयमा काम गर्ने एक अधिकारीलाई कोरोना पोजेटिभ पाइएको थियो । यसपछि उप राष्ट्रपतिले पनि आफ्नो कोरोनाभाइरसको परीक्षण गराएका थिए ।