अमेरिकी राजदूतले गरे प्रधानमन्त्रीकाे स्वास्थ्य लाभको कामना

अमेरिकी राजदूतले गरे प्रधानमन्त्रीकाे स्वास्थ्य लाभको कामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको कामना गरेका छन् । राजदूत बेरीले मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेका ओलीलाई सफल सल्यक्रिया र चाँडै निको भएर फर्किन आग्रह गरेका छन् ।

आज प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको छ । आज बिहान साढे ९ बजे प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको हो ।

मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अगाडी रगतमा हुने टक्सिनहरु निकाल्न प्रधानमन्त्रीको ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गरिएको हो ।

प्रधानमन्त्री ओलीको भोलि (बुधबार) मिर्गौला प्रत्यारोपण गर्नका लागि टिचिङको नेफ्रोलोजी विभागमा हिजो (सोमबार) नै भर्ना गरिएको थियो ।