अमेरिकी सेनाका दुई तारे जर्नेल काठमाडौंमा, प्रधानसेनापतिसंग सैनिक मुख्यालयमा भेटवार्ता

अमेरिकी सेनाका दुई तारे जर्नेल काठमाडौंमा, प्रधानसेनापतिसंग सैनिक मुख्यालयमा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेना र  अमेरिकी सेनाबीच ल्याण्ड फोर्स टल्क संचालन भएको छ   सैनिक मुख्यालयमा दुई दिनसम्म चल्ने यो कार्यक्रम ल्याण्ड फोर्स टल्क दोस्रो संस्करण हो

उक्त कार्यक्रममा अमेरिकी सेनाको प्यासेफिक कमाण्डका १६ जना अधिकृतहरु सहभागी छन् भने नेपाली सेनाबाट रथीबृन्दसहित १९ जना सहभागी छन्

नेपाली सनाले कार्यक्रमको उद्देश्य  सेनाको शान्ति स्थापना कार्यको क्षमता अभिबृद्धि, मानवीय सहयोग र विपद् प्रतिकार्य, फौज व्यवसायिकरणमा सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाले संचालन गर्दै आइरहेको सैनिक कारवाहीका अनुभवहरु आदान प्रदान गर्नु रहेको जनाएको छ

टोलीको नेतृत्व गर्दै आएका अमेरिकी सेनाका दुई तारे जर्नेल डानियल एफ एमसीडानियलले आजै प्रधानसेनापति पूर्णचन्द्र थापासंग भेटवार्ता गरेका छन् भेटवार्ताको क्रममा दुई देश बीचका सेनाको पारस्परिक सम्बन्ध र पेशागत क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल भएको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ

भेटमा दई देशबीचको सैन्य सहकार्य र सहयोगको विषयमा समेत छलफल भएको थियो यसप्रकारका कार्यक्रमहरुले दुई देशका सेनाबीच रहंदै आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने र नेपाली सेनाको पेशागत क्षमतामा अभिवृद्धि हुने विश्वास सेनाले लिएको छ