एजेन्सी – अफगानिस्तानको कावुल विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । विमानस्थलमा भीड थाम्नै नसक्ने अवस्थामा पुगेपछि सेनाले हवाई फायर गरेको हो ।
‘विमानस्थलको भीड नियन्त्रण भन्दा बाहिर छ,’ एक अमेरिकी अधिकारीले भने, ‘भीडलाई तितरवितर गर्नमात्र फायर गरिएको हो ।’
विमानस्थलमा रहेका एक प्रत्यक्षदर्शीका अनुसार अमेरिकी सेनाले कयौं पटक फायर गरेका थिए । कावुल विमानस्थलमा अहिले अफगानिस्तान छोड्नेहरुको भीड लागेको छ । विभानस्थल बर्सपार्क जस्तो बनेको छ । मानिसहरु हवाई जहाज चढ्नका लागि तछाडमछाड गरेको देख्न सकिन्छ ।
कावुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । उनीहरु सैन्य विमानबाट दूतावासका कर्मचारीहरुको उद्धारलाई प्राथमिकता दिइरहेका छन् ।
यसअघि अमेरिकाले आफ्ना सबै दूतावासका कर्मचारीलाई विमानस्थलमा पठाएको बताएको थियो । कावुलबाट व्यवसायी उडानहरु रद्ध भएका छन। अहिले सैन्य उडान र चार्टर उडानहरु मात्र भइरहेका छन् ।
This is, perhaps, one of the saddest images I've seen from #Afghanistan. A people who are desperate and abandoned. No aid agencies, no UN, no government. Nothing. pic.twitter.com/LCeDEOR3lR
— Nicola Careem (@NicolaCareem) August 16, 2021




प्रतिक्रिया