हारपछि अमेरिकी राजदूतले भनेः नेपालबाट केही सिक्नुपर्छ !

हारपछि अमेरिकी राजदूतले भनेः नेपालबाट केही सिक्नुपर्छ !


काठमाडौं – अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरीकी टीमले नेपालबाट केही सिक्नुपर्ने बताएका छन् ।

 

नेपाल–अमेरिकाबीच भएको एकदिवसीय क्रिकेट खेलमा नेपालले ८ विकेटको फराकिलो जित हासिल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

राजदूत बेरी क्रिकेट रंगशालामै उपस्थित भएर म्याच हेरिरहेका थिए । सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै बेरीले यो अचम्मको अनुभव रहेको बताएका छन् । ‘अमेरिकी टीमले यस्ता खेलहरूबाट धेरै सिक्नु पर्छ,’ उनले लेखेका छन् ।

राजधानीको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा बुधवार नेपाल र अमेरिकी क्रिकेट टीमले एकदिवसीय क्रिकेट म्याच खेलेका थिए ।