अमेरिकी सांसद र राजदूतलाई चीन प्रवेशमा रोक लगाईयो

अमेरिकी सांसद र राजदूतलाई चीन प्रवेशमा रोक लगाईयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अमेरिकी उच्च अधिकारीहरुमाथि प्रतिबन्धको घोषणा गरेको छ। चिनियां विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले सिनजियाङ र उइगरको विषय चीनको आन्तरिक मामला भएको भन्दै यसमा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई नभएको बताईन ।

चीनल सोमबार अमेरिकी सिनेटर मार्को रुबियो, टेड क्रुज तथा इन्टरनेसनल रिलिजियस फ्रिडमका लागि अमेरिकी राजदूत स्यामुल ब्राउनब्याक लगायतलाई चीन प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले यसअघि सिनजियाङ प्रान्तमा रहेका उइगरमाथि चीनले दमन गरेको भन्दै सिनजियाङस्थित चिनियां कम्युनिस्ट पार्टीका प्रमुख चेन क्वानग्वोसहित सो क्षेत्रका तीन नेतालाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो। सोमबार चीनले पनि त्यसको प्रतिक्रियास्वरुप अमेरिकी अधिकारीमाथी प्रतिवन्ध लगाएको हो ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता चुनयिङले चीनले जस्तालाई त्यस्तैको नीति अवलम्बन गरेको भन्दै अमेरिकी प्रतिबन्धपछि चीनले पनि अमेरिकी अधिकारीलाई चीन प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय भएको बताईन ।

चिनले उइगर मुस्लिमको विषय चीनको आन्तरिक मामिला भएको भन्दै यसमा हस्तक्षेप नगर्न चेतवानी दिंदै आएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले सबै धर्मका मानिसलाई समान व्यहार गरेको भन्दै अमेरिकी र पश्चिमा राष्ट्रको आरोप सत्य नभएको बताएका थिए ।

पछिल्लो समय अमेरिका र चीनको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ । दुवै मुलुकको बीचमा व्यापार युद्ध जारी रहनुका साथै साउथ चाइना सीमा समेत दुवैको सैन्य अभ्यासले युद्ध हुन सक्ने अनुमान समेत गर्न थालिएको छ ।