अमेरिकी डलरको भाउले राख्याे रेकर्ड, बन्याे हालसम्मकै महँगो

अमेरिकी डलरको भाउले राख्याे रेकर्ड, बन्याे हालसम्मकै महँगो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर हालसम्मकै महँगो बन्दा अस्ट्रेलियन डलर, पाउन्डसहितका केही मुद्रा भने सस्तिएका छन्।

तर, युरो, कुवेती र बहराइन दिनार लगायत कतिपय मुद्राको भाउ भने आज पनि बढेको राष्ट्र बैंकले जनााएको छ।

आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४५ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा थियो। तीन दिनसम्म एउटै मूल्यमा स्थिर रहेको अमेरिकी डलरको विनिमयदर आज बढेर उच्च बनेको हो।

त्यसैगरि आज युरो १ को खरिददर १७७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३८ पैसा छ। हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५६ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६४ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ४१ पैसा छ। हिजो थियो। विगत पाँच दिनदेखि स्थिर रहेको कुवेती दिनारको विनिमयदर आज बढेको हो।

आज बहराइन दिनार १ को खरिदर ४०२ रुपैयाँ १५ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ७३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९४ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।