एजेन्सी – अमेरिकी चुनावमा भारतीय २० वर्षीया युवती उम्मेद्वार बनेकी छन् । डेमोक्रेटिक पार्टीबाट अमेरिकाको मेरिल्याण्ड राज्यबाट चुनावमा लड्ने भएकी हुन् ।
कलेजको विद्यार्थी रहेकी २० वर्षीया भारतीय युवती बियान्सा शाह बिडेन अभियानको दक्षिण एशियाली युवा पुस्तामा लोकप्रिय नेता मानिन्छिन् ।
‘बिडेनले हाम्रो मध्यम वर्गको पुनर्निर्माण गर्दछ, उसले कसैलाई पछाडि छोड्ने छैन’ जातीय विभेद अन्त्य गर्न काम गर्ने उनले राष्ट्रिय टेलिभिजनमा प्रसारित रोल कल सेग्मेन्टमा भनिन् ।
उनले फ्रेडरिक डगलसको मूर्ति अगाडि उभिएर दिएको उक्त अन्तर्वार्ता अहिले भाइरल भइरहेको छ ।
‘बिडेन अभियानले मलाई छनौट गरेको कल पाउँदा म एकदम छक्क दंग परें र आफूलाई सम्मान गरेको महसुश गरें, किनकि धेरै राज्यमा पुराना निर्वाचनमा भाग लिएका अधिकारीहरू छन्’, उनले भनिन्, ‘आशा छ कि म युवा र भारतीयहरुलाई पनि प्रोत्साहित गर्न सक्छु । मैले जे गरिरहेछु ठीकै गरिरहेकी छु ।’
बियान्साले १५ वर्षको उमेरमा हिलारी क्लिन्टन अभियानमा काम गरेर राजनीतिमा शुरू गरेकी थिइन् । त्यस्तै उनले डेमोक्रेटिक समितिमा विद्यार्थी सदस्यको रूपमा काम गरेकी थिइन र मेरील्याण्डका दुई कांग्रेसका लागि इन्टरको रूपमा काम गरेकी थिइन् ।




प्रतिक्रिया