काठमाण्डु – नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । सहायक विदेशमन्त्री लु नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीसहित प्रचण्ड भेट्न पुुगेका थिए ।
भेटवार्ताका क्रममा अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)का विषयमा छलफल भएको थियो । प्रचण्डको सचिवालयकाअनुसार विदेशमन्त्री लिले एमसीसी कहिले पारित हुन्छ भनेर सोधेका थिए ।
जवाफमा अध्इक्ष प्रचण्डले दलहरुबीच राष्ट्रिय सहमति कायम गरेर संसदबाट पारित गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रचण्डका सहयोगी सूर्यकिरण शर्माले जानकारी दिए ।
शर्माकाअनुसार प्रचण्डले एमसीसी सम्झौता गर्दा एक खालको डकुमेन्ट र अहिले अर्कै डकुमेन्ट पशे गरिएकाले समस्या उत्पन्न भएको बताएका थिए ।
‘एमसीसी तपाईहरुले दिन चाहने र हामीले लिन चाहेको हो । दलहरुबीच सहमति गरेर चाँडै नै निष्कर्षमा पुग्छौं । सम्झाैता हुँदा एक खालकाे डकुमेन्ट र अहिले अर्को डकुमेन्ट आउँदा अन्योलता बढ्यो । तपाईहरु नेपालको विकास होस भन्ने चाहानुहुन्छ । हामी पनि त्यसबारे सकारात्मक छाैं । राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्छाैं,’ प्रचण्डको भनाई उद्धृत गर्दै शर्माले काठमाण्डुपाटीसँग भने ।
साथै उनीहरुबीच नेपालको हित, अमेरिकी लगानी, कोभिड महामारीमा अमेरिकी सहयोग र दुई देशको सम्बन्धका विषयमा छलफल भएको थियो । लुले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।




प्रतिक्रिया