अफगानिस्तानमा तालिबानले झार्‍यो अमेरिकी सैन्य विमान !


काबुल– अफगानिस्तानको पूर्वी गजनीमा सोमबार विमान दुर्घटनाको विषय बल्झिएको छ । पहिले उक्त विमान यात्री भएको बताइएको थियो । तर, साँझपख उक्त विमान अमेरिकी सैन्य विमान भएको र झारिएको बताइएको छ । यो दुर्घटना तालिबानी नियन्त्रणको क्षेत्रमा भएको थियो ।

सोशल मीडियामा भाइरल भएको भिडियोबाट यो अमेरिकी वायु सेनाको इलेक्ट्रिोनिक निगरानी विमान भएको देखिएको छ । स्थानीय मीडियाका अनुसार विमानको अगाडि दुर्ई शव देखिएको थियो । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले भनेका छन्,‘गजनी प्रान्तमा अमेरिकी वायु सेनाको विमान दुर्घटना भएको हो ।’

उक्त विमानमा सवार धेरैजसो मानिस मारिएको दावी समेत उनले गरेका छन् । यद्यपि योे समूहले प्रायजसो मर्नेको संख्या बढाएर भन्ने गरेको छ । स्थानीय मीडिया टोलो न्यूजले यो घटनाको भिडियो सार्वजनिक गरेको छ । तर उसले यो विमान सैन्य हो वा यात्री भन्ने पुष्टि भने गरेको छैन ।

अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ता मेजर बीथ रियोरदनले यो कस्को विमान थियो भन्ने स्पष्ट भइनसकेको बताएका छन् । घटनाको जाँच चलिरहेको छ ।

यो भन्दा पहिले अफगानिस्तानको सरकारी एयरलायन्स कम्पनी एरियाना अफगान एयरलायन्ले पनि आफ्नो विमान खसेको विषय अस्वीकार गरेको छ । गजनी प्रान्तका गभर्नरका प्रवक्ता आरिफ नुरीले पनि उक्त विमान यात्रु थियो वा सैन्य थियो भन्ने विषय स्पष्ट नभएको बताएका छन् ।

‘गजनी प्रान्तको देह यक जिल्लामा स्थानीय समय अनुसार दिउसो १ बजेर १० मिनेटमा एक विमान दुर्घटनाको शिकार भएको थियो । विमानमा आगो लागेको थियो र गाउका मानिसले यो बुझाउने कोशिश गरिरहेका छन्’,आरिफ नुरीले भनेका छन्,‘हामीलाई थाहा छैन कि यो सैन्य विमान थियो वा व्यापारिक विमान ।’

प्रतिक्रिया दिनुहोस
Advertisement