एजेन्सी – अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीले जो बिडेनलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । मंगलवार राती राष्ट्रपति चुनावका लागि पार्टीको तर्फबाट बिडेनको नाम सार्वजनिक भएको हो ।
नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचनमा उनी अब रिपब्लिकन पार्टीका उम्मेद्वार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्नेछन् । बिडेनले डेमोक्र्याटिक पार्टीले राष्ट्रपति पदको लागि आफूलाई मनोनयन गर्नू जीवनको ठूलो सम्मान भएको बताएका छन् ।
डेमोक्र्याटिक पार्टीले तीन दशकको उनको राजनीतिक यात्रामा राष्ट्रपतिको उम्मेद्वार बनाउनु बिडेनका लागि सबैभन्दा ठूलो उपलब्धि हो ।




प्रतिक्रिया