काठमाण्डु – क्रिप्टोमा लगानी गरेको आरोपमा एक व्यापारी पक्राउ परेका छन् । बुधबार महानगरी प्रहरी अपराध महाशाखाले अवैध रूपमा क्रिप्टोमा लगानी गरेको आरोपमा बिशाल सिमेन्टका सञ्चालकसमेत रहेका अमित श्रेष्ठलाई पक्राउ गरेको हो ।
अपराध महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले अवैध रूपमा क्रिप्टोमा लगानी गरेको पाइएपछि नियन्त्रणमा लिइएको बताए । उनले श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको जानकारी दिए ।
प्रहरीले श्रेष्ठको पानीपोखरीस्थित निवासमा समेत छापा मारेको छ । व्यापारी श्रेष्ठ यसअघि ३३ किलो सुन काण्डमा पनि मुछिएका थिए । उनी लामो समय क्यानडा बसेर केही दिनअघि मात्र नेपाल आएको बताइएको छ ।




प्रतिक्रिया