भारतीय गृहमन्त्रीलाई स्वासप्रस्वासमा समस्या, एम्स अस्पताल भर्ना


एजेन्सी – भारतीय गृहमन्त्री अमित शाहको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । कोरोनाको संक्रमणबाट मुक्त भएका गृहमन्त्री शाह दिल्लीमा रहेको एम्स अस्पतालमा भर्ना भएका हुन् ।

स्वासप्रस्वासमा समस्यामा देखिएपछि गृहमन्त्री शाह शनिबार राती ११ बजे अस्पताल भर्ना भएको आजतकले जनाएको छ ।

स्रोतकाअनुसार कोरोना भाइरसको संक्रमणपछि उनलाई स्वास लिन समस्या भइरहेको छ ।

‘अमित शाह केही दिन अस्पतालमा रहन्छन् । उनलाई अझै केही दिन स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्छ’, अस्पतालका एक चिकित्सकले भने ।

अहिले शाहलाई एम्समा कार्डियो न्यूरो टावरमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement