अमिताभ बच्चनले तिरे १४ सय किसानको ऋण

अमिताभ बच्चनले तिरे १४ सय किसानको ऋण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता अमिताभ बच्चनले सयौँ किसानको ऋण तिरिदिएका छन् । उनले उत्तर प्रदेशका एक हजार तीन सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरेका बताएका छन् ।

यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन् । मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन् । यसबाट आफुलार्य एउटा काम पुरा गरेको महसुस भईरहेको पनि उनले बताए ।

एक सरकारी बैंकबाट किसानले लिएको ऋण अभिताभले तिरिदिएका हुन् । बैंक अफ इन्डियासँग सम्झौता गरेर उनले एकमुस्ट ऋण चुक्ता गरेका हुन् । उनले किसानलाई भेटेरै ऋणमुक्तिको प्रमाणपत्र दिने ईच्छा व्यक्त गरेका छन् ।, यो खबर आजको पोष्टमा छ ।