बलिउड अभिनेता अमिताभ र अभिषेकलाई कोरोना भाइरसको संक्रमण


एजेन्सी–बलिउड अभिनेता अमिताभ बच्चन तथा अभिषेक बच्चनलाई कोरोना भाइरसको संक्रमण भएको छ । बच्चनले आफुलाई कोरोना पोजिटिभ भएको जानकारी ट्विटरमार्फत गराएका छन् ।

उनले विगत १० दिनयता आफु धेरैसंग सम्पर्कमा आएको भन्दै स्वास्थ्य परीक्षणको लागी पनि आग्रह गरेका छन् । धेरै वटा रोगबाट ग्रस्त ७८ बर्षिय बच्चनलाई मुम्बईस्थित नानवती अस्पतालमा भर्ना गरिएको छ ।

उनका परिवारका अरु सदस्यहरुको परीक्षण गरिएको रिपोर्ट आज आउंदैछ । अभिनेताद्धय अमिताभ र अभिषेकलाई कोरोना पुष्टि भएसंगै उनीहरुको स्थास्थ्य लाभको कामना गर्न थालिएको छ ।

बलिउड अभिनेताहरु रितेश देशमु,मनोज बाजपेयी,अभिनेत्री अमीशा पटेल,परिणीति चोपडासिमी ग्रेवाललगायतले बच्चन परवारको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement