अमिताभ बच्चनको ट्विटर ह्याक भएपछि भारतमा हंगामा मच्चियो


काठमाडौं – महानायक अमिताभ बच्चनको ट्विटर अकाउन्ट ह्याक भएको छ । सोमबार मध्य रातमा ह्याक गरेर उनको अकाउन्टमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको थियो ।

बीबीसी हिन्दीका अनुसार टर्कीको पाकिस्तान समर्थक समूह अयालडिजको समूहले बच्चनको अकाउन्ट ह्याक गरेको हो । यसको जिम्मेवारी त्यस समूहले लिइसकेको छ ।

ह्याकरले ३ वटा ट्विट पनि गरेका थिए । जसमध्ये एक ट्विटमा ‘लभ पाकिस्तान’ लेखिएको थियो ।  त्यस्तै, अर्को ट्विटमा पाकिस्तानको झन्डा देखाइएको थियो । बच्चनको ट्विटरमा एक्कासी पाकिस्तानी प्रधानमन्त्रीको तस्बिर देखिएपछि भारतमा हंगामा मच्चिएको थियो ।

ह्याकरले गरेको तेस्रो ट्वीटमा लेखिएको थियो, ‘यो सारा संसारका लागि महत्वपूर्ण सन्देश हो । हामी टर्कीका खेलाडीप्रति आइसल्यान्डमा गरिएको व्यवहारको निन्दा गर्छौं । हामी हाम्रो कुरा सहज तर दृढतापूर्वक राख्छौं र तपाईलाई ठूलो साइबर हमलाको बारेमा सचेत गराउन चाहन्छौं । अयालडुज टिम टर्किस आर्मी ।’

यतिबेला भने ट्विटर अकाउन्टको नियन्त्रण बच्चनले फिर्ता पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement