काठमाण्डु – एम्नेस्टी इन्टरनेसनल नेपालको तीसौं वार्षिक साधारणसभा सकिएको छ ।
आज धुलिखेमाल सकिएको साभारणसभाले विपिन बुढाथोकीको नेतृत्वमा ११ सदस्यीय नेसनल बोर्ड र जीवन प्रसाद फूँयालको नेतृत्वमा तीन सदस्यीय पुनरावेदन समिति गठन गरको छ । साधारणसभाले वार्षिक प्रतिवेदन, कार्ययोजना, बजेट र संस्थाका केही नीतिहरूमाथि छलफल गरी पारित गरेको छ ।
साधारण सभामा एम्नेस्टी नेपालमा आबद्ध समूह, युथ नेटवर्क, समर्थक सदस्यहरूको तर्फबाट २५४ मताधिकार प्राप्त प्रतिनिधिहरू, बोर्ड तथा पुनरावेदन समितिका पदाधिकारीहरू, कर्मचारी, स्वयंसेवक, पर्यवेक्षक र एम्नेस्टी इन्टरनेसनलको अन्तर्राष्ट्रिय सचिवालयका प्रतिनिधिहरूलगायत ३०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया