अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर

अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिका र युक्रेनले आर्थिक साझेदारी सम्झौता गरेका छन् । जसमा अमेरिकाले युक्रेनका दुर्लभ खनिजमा पहुँच प्राप्तीसँगै युक्रेनमा लगानी कोष स्थापना सम्झौता भएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

केही हप्ता लामो वार्तापछि यो सम्झौता गरिएको हो । यसअघि युक्रेन अमेरिकाबीच तनाव उत्पन्न भई अमेरिकी सहायतासमेत रोकिएको थियो ।

अमेरिकी ट्रेजरी विभागले सम्झौताको घोषणा गर्दै ट्रेजरी सचिव स्कट बेसन्टले अमेरिका यो निरर्थक युद्ध अन्त्य गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

यो सम्झौताले रुसलाई ट्रम्प प्रशासन स्वतन्त्र, सार्वभौम र समृद्ध युक्रेनका लागि दीर्घकालीन शान्ति प्रक्रियामा प्रतिबद्ध छ भन्ने सन्देश दिएको समेत बताएका छन् ।

युक्रेनकी अर्थमन्त्री युलिया स्विरीडेन्कोले वासिङ्टनमा यो सम्झौतामा युक्रेनी सरकारको तर्फबाट हस्ताक्षर गर्नुभएको तस्वीरहरु सार्वजनिक भएका छन ।

उनले एक्समा आफ्नो भूभाग र समुद्री क्षेत्रमा रहेका सबै स्रोत युक्रेनकै भएको दाबी गरेका छन् ।

भूमिगत स्रोतहरूको स्वामित्व युक्रेजसँगै रहने भन्ने सम्झौतामा स्पष्ट रूपमा उल्लेख गरिएको उनको भनाइ छ ।

सम्झौताको अन्तिम समयमा उत्पन्न कागजातसम्बन्धी विवादले रोकिन लागेको थियो र यो सम्झौता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरीमा वासिङ्टन भ्रमणका क्रममा गर्ने योजना थियो, तर भ्रमण ह्वाइट हाउसमा भएको विवादास्पद बैठकपछि छोट्याइएपछि सम्झौता स्थगित भएको थियो ।