अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ?

अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले दुई दुईपटक संघीय संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ भनेर प्रश्न गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा संवैधानिक व्यवस्था उद्धृत गर्दैै उनले दुई दुईपटक सदनले पारित गरेर प्रमाणीकरण गर्नुपर्ने बाध्यकारी संवैधानिक बाध्यता हुँदा पनि प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिमाथि कस्तो कारबाही हुन्छ भनेर प्रश्न गरे । साथै उनले कारबाही नै गर्नुपर्ने बताए ।

राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित फिर्ता पठाएकी थिइन् । यसपछि फेरि उक्त विधेयकमाथि छलफल गर्दै दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी होल्ड गरेर राखेकी थिइन् । उक्त कार्य कानुनविपरीत रहेको भन्दै सांसद सिंहले उनलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।