अकालमा नागरिकको ज्यान जाने सडक नबनोस् : अमरेशकुमार सिंह


काठमाण्डु- प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले अकालमा ज्यान जाने सडक बनाउने कार्य रोकिनुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नदी किनारमा बनाइएका सडकमा सुरक्षाको मापदण्डअनुसार निर्माण नहुँदा अकालमा नागरिकले ज्यान गुमाइरहेका बताए । यसको दोषी को हो भनेर उनले प्रश्न पनि गरेका छन् ।

नदी किनारमा बनाइएका सडकमा पक्की वा फलामको बारजस्ता सुरक्षाका लागि आवश्यक संरचना नबनाइएको भन्दै उनले सडकमा संख्याभन्दा सुरक्षाको मापदण्डअनुसार थोरै बनाएर भए पनि नागरिकको जीवनरक्षा गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement