मधेसी, जनजाति, महिला विरोधी कांग्रेसलाई ८४ को चुनावमा डाँडा कटाउनू : सांसद सिंह

मधेसी, जनजाति, महिला विरोधी कांग्रेसलाई ८४ को चुनावमा डाँडा कटाउनू : सांसद सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई जनजाति महिला भएकै कारण हटाउन खोजिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जनजाति महिला भएकै कारणले उपसभामुख राना मगरलाई हटाएर कांग्रेसका सांसदलाई उपसभामुख बनाउने लागेको बताएका हुन् ।

उनले कांग्रेसलाई जनजाति, मधेसी थारु विरोधी भएको आरोपसमेत लगाएका छन् । उनले जनजाति भएकै कारण नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको बताए।

‘एउटा जनजाति महिलाको पदको बलिदान कुरा हुँदैछ,’उनले भने, ‘कांग्रेसलाई मधेशी जनजातीको बीचमा जानुछ कि छैन ? मधेशीलाई सचिव बनाउन नदिनेरु कांग्रेसको सभापतिले कसम खाएको छ। म सभापति हुन्जेल कांग्रेस नाश गर्छु। हिजोको दिनमा राजालाई बुझाएको आज एमालेलाई बुझाउने।’०८४ चुनावमा आउँदा आफ्नो आफ्नो दरबाजाबाट डाँडा कटाउनू। किनकी कांग्रेस मधेसी, जनजाति, थारु, मुस्लिम, महिला विरोधी हो’ उनले भने।