काठमाण्डु– स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।
सिंहले आइतबार रास्वपा मुख्यालय घण्टीघर पुगेर रविको पक्षमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर पछि सिंहले रवि आउनुभन्दा पहिलेनै ठूला दलका नेताले सहकारीको रकम हिनामिना गरेको बताए । उनले भने रवि लामिछाने राजनीतिमा आएको तीन वर्षमात्र भयो । रवि आउनुभन्दा पहिलेनै ठुला दलका नेताले सहकारीको पैसा अपचलन गरेका छन् ।
३ दशक देखि शासन गरेका ठूला दलहरूले नेपाललाई गरिब बनाएको र जहाँसुकै भ्रष्टाचार गरेको आरोप उनले लगाए ।




प्रतिक्रिया