अमरेशकुमारको स्वास्थ्य परीक्षण गर्न एमाले सांसद मैनालीको माग

अमरेशकुमारको स्वास्थ्य परीक्षण गर्न एमाले सांसद मैनालीको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठकमा लुगा फुकालेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य परीक्षण गर्न माग गरिएको छ ।

सभामुख देवराज घिमिरेले बोल्न समय नदिएको भन्दै लुगा फुकालेर विरोध जनाएका सिंहको स्वास्थ्य परीक्षण गर्न एमाले सांसद अच्युतप्रसाद मैनालीले माग गरेका हुन् ।

‘सभामुख महोदय, संसदमा जे गतिविधि देखापरेको छ, माननीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दछु । र मानन आतंक चलिरहेको यो सेरोफेरोमा म हात्ती आतंकको कुरा उठाउन खोजिरहेको छु,’ सांसद मैनालीले बैठकमा भने ।

सभामुख घिमिरेको बारम्बारको चेतावनीपछि सांसद सिंहले लुगा लगाएका थिए ।