काठमाण्डु – नेपाली कांग्रेसले सांसद डा.अमरेश कुमार सिंहलाई निलम्बन गरेको छ ।
३० बैशाख ०७९ मा सम्पन्न स्थानीय निकायको चुनावमा अन्तरघात गरेको भन्दै कांग्रेसको अनुशासन समितिले सिंहलाई पार्टीबाट निलम्बन गरेको हो ।
अघिल्लो निर्वाचन ०७४ मा सर्लाही क्षेत्र नं ४ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । नेता सिंहलाई कारबाही गर्दै कांग्रेसले उक्त क्षेत्रमा आगामी निर्वाचनका लागि गगन थापाको नाम एकल सिफारिस गरेको छ ।




प्रतिक्रिया