राष्ट्रपतिको जापान भ्रमणमा २ देशबिचको सम्बन्ध अभिवृद्धिमा के भयो ?

राष्ट्रपतिको जापान भ्रमणमा २ देशबिचको सम्बन्ध अभिवृद्धिमा के भयो ?


काठमाण्डु – परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमणको क्रममा विभिन्न क्षेत्रमा आपसी हितलाई अभिवृद्धि गर्ने गरी सहयोग अगाडि बढाउने विषयमा छलफल भएको बताएका छन् ।

बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रपतिको जापान भ्रमणको बारेमा जानकारी दिँदै उनले भ्रमणका क्रममा २ देशबिच व्यापार लगानी, मानव संघसाधन विकास स्वास्थ्य, कृषि, पूर्वाधार विकासलगायत विभिन्न क्षेत्रमा आपसी हितलाई अभिवृद्धि गर्ने गरी सहयोग अगाडि बढाउने विषयमा छलफल भएको बताए ।

उनले भने, ‘२ देशबिच व्यापार लगानी, मानव संघसाधन विकास स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति र पर्यटन जस्ता क्षेत्रमा आपसी हितलाई अभिवृद्धि गर्ने गरी सहयोग अगाडि बढाउने विषयमा छलफल भयो ।’

भ्रमणमा राष्ट्रपतिले नेपालको प्राथमिकताको क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने र द्विपक्षीय व्यापार एवं पर्यटन विस्तार गर्ने ठूलो सम्भावना रहेको बताउँदै जापानमा बसोबास गरिरहेको नेपालीहरूको यस क्षेत्रमा महत्वपूर्ण भूमिका रहने उल्लेख गरेको समेत उनले बताए ।

राष्ट्रपतिले नेपाल र जापानबिच पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा आधारित सौहार्दपूर्वक सम्बन्ध रहेकोमा खुसी व्यक्त गरेको पनि उनको भनाइ छ ।