खालिस्तान समर्थक अमृतपाल सिंह पञ्जाबबाट पक्राउ

खालिस्तान समर्थक अमृतपाल सिंह पञ्जाबबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय प्रहरीले खालिस्तान समर्थक अमृतपाल सिंहलाई पक्राउ गरेको छ । ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुखसमेत रहेका खालिस्तान समर्थक सिंहलाई पञ्जाब प्रहरीले आज पक्राउ गरेको हो।

बीबीसी हिन्दीका अनुसार अमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको हो। अब अमृतपाललाई भटिण्डाबाट विमानबाट असमको डिब्रुगढ जेल लगिनेछ।

अमृतपाल विरुद्ध एनएसएअन्तर्गत मुद्दा दर्ता गरिएको छ। ​अमृतपाल ३६ दिनदेखि फरार थिए । लामो समय दुबईमा बसेपछि उनी गत वर्षको अगष्ट महिनामा पन्जाब फर्किएका थिए । त्यसपछि उनले अमृत सन्चार नशा मुक्ति आन्दोलनको नामबाट युवाहरुलाई संगठित गर्न सुरु गरेका थिए । पन्जाबबाट उनका थुप्रै समर्थकहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।