भारतीय विदेशसचिव मिस्रीको नेपाल भ्रमण परिचयात्मक हो : परराष्ट्र मन्त्रालय

भारतीय विदेशसचिव मिस्रीको नेपाल भ्रमण परिचयात्मक हो : परराष्ट्र मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्र मन्त्रालयले भारतीय विदेशसचिव विक्रम मिस्रीको दुई दिने भ्रमण परिचयात्मक भएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मिस्रीको भ्रमणका क्रममा दुई मुलुक बीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको जानकारी दिए ।

भ्रमणबारे पत्रकार सम्मेलनमा राईले भने, ‘यो कुनै संयन्त्रको बैंठक होइन, एक प्रकारले भन्ने हो भने भारतीय विदेश सचिवको यो परिचयात्मक भ्रमण हो । परिचयात्मक विषयमा भ्रमण भए पनि विभिन्न विषयमा छलफल भएको छ ।’

राईले सबै संयन्त्रहरूलाई सक्रिय बनाएर आगामी दिनमा दुई मुलुकबीचको सम्बन्धलाई सुदृढ बनाउने र क्रियाशील बनाउने विषयमै भ्रमणमा छलफल भएको जानकारी दिए ।

उनले नेपाल र भारतबीचको सम्पूर्ण पक्षहरूको रिभ्यु गर्ने र आगामी दिनमा कसरी बढ्ने भन्ने कुराहरूबारेमा समग्रमा छलफल भएको बताए ।

उनले भारतमा विदेश सचिवको नियुक्त भएपछि छिमेकी मुलुकहरूको भ्रमण गर्ने गरेको परम्परा रहेको पनि बताए ।