काठमाण्डु– नेपाली सेनाका सहायकरथी प्रेमध्वज अधिकारी उपरथीमा बढुवा भएका छन् । बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई उपरथीमा बढुवा सिफारिस गरेको हो । प्रधानसेनापति प्रभुराम शर्माले अधिकारीलाई आइतबार सैनिक मुख्यालयमा दज्र्यानी चिन्ह लगाउने कार्यक्रम छ ।
उनि २७ बेसिकका सैनिक अधिकृत हुन् । उनको राष्ट्रिय निकुन्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको छ ।
सैनिक मुख्यालयले केही उपरथीहरुको सरुवा समेत गरेको छ । सरुवा हुनेमा पूर्वी कमाण्ड प्रमुख रहेका उपरथी सन्तोषकुमार ढकाल, उपरथी सहदेव खड्का र हिरालाल जोशी रहेका छन् ।
सैनिक मुख्यालयले केही सहायकरथीहरुको सरुवा समेत गरेको छ । सरुवा हुनेमा सहायकरथी हेमराज केसी पूर्वी कमाण्ड, अनुपजंग थापा नेपाली सैनिक प्रतिष्ठानको शिक्षाधिकृत र भरतचन्द्र गुरूङ २७ नम्बर बाहिनीको बाहिनीपति रहेका छन् ।
पांच जना महासेनानी सहायकरथीमा बढुवा सिफारिस
नेपाली सेनाका पांच जना महासेनानीलाई सहायक रथीमा बढुवाका लागि सिफारिस गरिएको छ । सैनिक मुख्यालयले बढुवा लागि सात दिने सूचना प्रकाशित गरेको हो ।
बढुवा सिफारिस हुने महासेनानीहरुमा निरीक्षण निर्देशनालयका पुरुषोत्तम ढकाल, नं. ४ बाहिनी अड्डाका उत्तम कुमार विष्ट, पूर्वी कमाण्ड हे.क्वा. कार्यरत सन्तोषराज पाण्डे, नं. २६ वाहिनी अड्डाका लक्ष्मण थापा र सैनिक इन्टेलिजेन्स कोरका सुरत रावल रहेका छन् ।




प्रतिक्रिया